शाहरुख खानको ‘जवान’ ले नयाँ रेकर्ड राख्ने प्रक्षेपण « Khabarhub

शाहरुख खानको ‘जवान’ ले नयाँ रेकर्ड राख्ने प्रक्षेपण


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘पठान’को सफलतापछि बलिउडका बादशाह शाहरुख खान आफ्नो नयाँ फिल्म ‘जवान’लाई लिएर उत्साहित छन् । आगामी सेप्टेम्बर ७ रिलिज हुने तयारीमा रहेको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने प्रक्षेपण गर्न थालिएको छ ।

अहिले सिनेमा हलहरुमा ‘गदर २’ र ‘ओह माइ गड २’ उत्साहजनक कमाइ गरिरहँदा शाहरुखको फिल्मले पनि राम्रो व्यापार गर्न सक्ने बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् ।

यस्तोमा ३०० करोड भारुमा बनेको ‘जवान’लाई लगानी उठाउन पनि उछाल कमाइ गर्नुपर्ने चुनौती छ । शाहरुखको पछिल्लो फिल्म ‘पठान’लाई अहलेसम्मको सबैभन्दा महंगो ग्रान्ड एक्सन फिल्म मान्ने गरिएको छ । अब यसको रेकर्ड तोड्नका लागि ‘जवान’ सिनेमा हलहरुमा आउन लागेको शाहरुखले बताउँदै आएका छन् ।

एटली निर्देशित फिल्ममा शाहरुखका साथै विजय सेतुपति, नयनतारा, प्रियामणि, सान्या मल्होत्रा र रिद्धि डोगराको मुख्य भूमिका छ । यो एक्सन इन्टरटेनर फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिंदैछिन् ।

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा गौरी खान निर्माता र गौरव वर्मा सहनिर्माता छन् । फिल्म हिन्दीका साथै तमिल र तेलुगू भाषामा समेत रिलिज हुनेछ ।

(स्रोतः एनआई)

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ४२ बजे

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत