शाहरुख खानको ‘जवान’ ले नयाँ रेकर्ड राख्ने प्रक्षेपण « Khabarhub

शाहरुख खानको ‘जवान’ ले नयाँ रेकर्ड राख्ने प्रक्षेपण


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘पठान’को सफलतापछि बलिउडका बादशाह शाहरुख खान आफ्नो नयाँ फिल्म ‘जवान’लाई लिएर उत्साहित छन् । आगामी सेप्टेम्बर ७ रिलिज हुने तयारीमा रहेको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने प्रक्षेपण गर्न थालिएको छ ।

अहिले सिनेमा हलहरुमा ‘गदर २’ र ‘ओह माइ गड २’ उत्साहजनक कमाइ गरिरहँदा शाहरुखको फिल्मले पनि राम्रो व्यापार गर्न सक्ने बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् ।

यस्तोमा ३०० करोड भारुमा बनेको ‘जवान’लाई लगानी उठाउन पनि उछाल कमाइ गर्नुपर्ने चुनौती छ । शाहरुखको पछिल्लो फिल्म ‘पठान’लाई अहलेसम्मको सबैभन्दा महंगो ग्रान्ड एक्सन फिल्म मान्ने गरिएको छ । अब यसको रेकर्ड तोड्नका लागि ‘जवान’ सिनेमा हलहरुमा आउन लागेको शाहरुखले बताउँदै आएका छन् ।

एटली निर्देशित फिल्ममा शाहरुखका साथै विजय सेतुपति, नयनतारा, प्रियामणि, सान्या मल्होत्रा र रिद्धि डोगराको मुख्य भूमिका छ । यो एक्सन इन्टरटेनर फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिंदैछिन् ।

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा गौरी खान निर्माता र गौरव वर्मा सहनिर्माता छन् । फिल्म हिन्दीका साथै तमिल र तेलुगू भाषामा समेत रिलिज हुनेछ ।

(स्रोतः एनआई)

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ४२ बजे

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण