शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ « Khabarhub

शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

चितवन – शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई चितवनबाट बिहीबार राति पक्राउ गरेको हो ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत सप्तरीको राजविराज–७ का नसिम अख्तरलाई नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा पक्राउ गरेको हो । उनीमाथि आइएससी उत्तीर्ण भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।

अख्तर विसं २०७२ सालमा एमबिबिएस भर्ना भएका थिए । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले राति पक्राउ गरिएका उनलाई काठमाडौँ लगिँदै गरेको जानकारी दिए । उनले भने, “थप अनुसन्धान गरेपछि विस्तृत भन्न सकिन्छ ।”

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ४५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित