संसद् सञ्चालन गर्ने विषयमा गम्भीर हुन सभामुख घिमिरेको आग्रह « Khabarhub

संसद् सञ्चालन गर्ने विषयमा गम्भीर हुन सभामुख घिमिरेको आग्रह


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय संसद्द्वारा आज आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामामा उनले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको धारणा राखे । सभामुख घिमिरेले भने, “संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।”

सूचना लिने र दिने मात्र विषय नभई लोकतन्त्र र जनसरोकारको विषय भएको बताउँदै उनले कतिपय अवस्थामा परिस्थितिमा वस्तुगत परिस्थिति निर्धारण गर्ने बताए । संसद्लाई सबै खाले समस्या समाधान गर्ने थलो बनाउन आवश्यक रहेको बताउँदै उनले सत्तापक्ष र प्रतिपक्षलाई आआफ्नो अडानमा लचकता देखाई संसद् सञ्चालन गर्ने वातावरण बनाउन गम्भीर हुन सुझाव दिए ।

उपसभामुख इन्दिरा रानाले पत्रकारिता पेशाको मर्यादा र ओजलाई बुझेर मात्र काम गर्न सुझाव दिए । उनले भने, “पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले राज्यले नै सेवा, सुविधा र सूचना उपलब्ध गराउनुपर्छ, पार्टीको भरिया बनाउनुहुन्न ।”

महासचिव डा भरतराज गौतमले संसद् सचिवालयले सेवा प्रवाह र पत्रकारको भोगाइबीच तादात्म्यता मिलाउन आफूहरू प्रयत्नशील रहेको बताए । सचिवालयका सचिव डा रोजनाथ पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै समाचार सम्प्रेषणका लागि कागजात र समाचारको पहुँच सुनिश्चित गराउन सचिवालय र संसदीय दलको भूमिका महत्त्वपूर्ण हुने बताए । सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् र संसदीय समितिमा पत्रकारको पहुँचको स्थिति दक्षिण एसियामै नेपालमा सहज र नियमित रहेको बताए ।

संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले ‘संसदीय पत्रकारिता अभ्यास र अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै मिडिया सेन्टरलाई व्यवस्थित र लबी रिर्पोटिङको व्यवस्थामा सचिवालयको विशेष ध्यानाकर्षण गराए । काठमाडौँ उपत्यकामा रहेका राष्ट्रिय सञ्चार माध्यममा रही संसदीय समाचार सङ्कलन र सम्प्रेषणमा कार्यरत ५० जना पत्रकारको अन्तर्क्रियामामा सहभागिता रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : १२ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा