प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा « Khabarhub

प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएक छन् । आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आज धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरोकारवालसँग बसेर छलफल नगरी विद्येयक ल्याउँदा यस्तो समस्या भएको बताए।

महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको बताउनुभयो । उनले शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाए । “मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु” उनले भने, “ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको भन्ने कुराले अन्योल सिर्जना गरेको छ ।”

उनले विधेयक क्याविनेटमा पास नभई संसद्मा नआउने र गलत ढङ्गले आए विधेयक संशोधन नहुने भन्दै शिक्षकलाई आश्वासन दिए । उनले शिक्षा क्षेत्र राम्रो भए समाज राम्रो हुने भएकाले आफू व्यक्तिगतरुपमा पनि राम्रो विद्यालय ऐन बनाउने पक्षमा रहेको बताए।

ध्यानाकर्षणपत्र बुझाउन पुगेका शिक्षकले पनि ऐन संशोधन गर्न जरुरी भएको बताएका थिए । उनीहरूले प्रस्तावित ऐनमा शिक्षकलाई हेर्ने मनोविज्ञान गलत भएको र मानमर्दन गरिएकाले यो विधेयक ल्याए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका थिए ।

ध्यानाकर्षणपत्र बुझाउन नेपाल शिक्षक सङ्घका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष झापा अध्यक्ष द्रोण श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन झापा अध्यक्ष रविन्द्र मैनाली, नेपाल शिक्षक सङ्घ झापा अध्यक्ष तोयानाथ दाहाल (भाष्कर), पूर्वअध्यक्ष नेत्रप्रसाद खरेललगायत महामन्त्री शर्माको निजी निवास मै पुगेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १० : ३५ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा