तीजमा कसले कसरी व्रत बस्ने ? « Khabarhub

तीजमा कसले कसरी व्रत बस्ने ?

'गर्भवती, नियमित औषधि खानुपर्ने रोगी र वृद्धवृद्धाले व्रत बस्नु हुँदैन'


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसेर आज सोमबार हरितालिका तीज मनाउँदैछन्। यो परापुर्वकालमा पार्वतीले महादेव स्वामी पाउ भनेर निराहार व्रत बसेको महिना हो। महिलाले हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्व अघिल्लो दिन विभिन्न प्रकारको पोषक दर खाएर बसेका तीजका दिन पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्छन्। तीजमा आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ। व्रत बस्दा कसरी बस्ने ? के-के कुरामा ध्यान दिने ? व्रत बस्दा कस्ता महिलाले निराहार बस्नु हुँदैन ? तीज, तीज व्रत र जनस्वास्थका विषयमा आधारित रहेर खबरहबका लागि जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश :

आज तीजको व्रत बस्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
हाम्रो समाजमा तीजको व्रत पत्नीले मात्र बस्नुपर्छ भन्ने मान्यता छ। तिजको व्रत पतिले पनि बस्दा हुन्छ। पतिपत्नी भनेको एउटै रथका दुई पांग्रा जस्तै हुन्। एउटा नभए अर्को अपूरो हुन्छ। त्यसैले पतिले पनि पत्नीको नाममा व्रत बस्न सक्छन्। महिलाले पतिलाई राम्रो होस् र अविवाहित नारीले राम्रो पति पाउन् भन्दै आफ्नो शरीरलाई नै अप्ठेरोमा पारेर पानी पनि नखाई व्रत बस्नु राम्रो होइन। नेपाली समाजमा हरितालिका तीजमा महिला नखाएर निराहार व्रत बस्छन् भन्ने सबैलाई थाहा छ। अघिल्लो दिन टन्न दर खाने र भोलिपल्ट पानी पनि नखाई खाली पेटमा व्रत बस्ने चलन छ। यस्तो गर्नु हुँदैन। यसले हाम्रो शरीरमा असर पर्नसक्छ। यसरी खाली पेट बस्दा विशेष गरी सुगर र प्रेसरका रोगीका लागि खतरा हुन्छ। नियमित औषधि प्रयोग गर्ने महिलाले व्रतको दिन औषधिसमेत नखाँदा उनीहरूको स्वास्थ्यस्थितिमा नराम्रो असरसमेत आउनसक्छ।

जनस्वास्थ्यको हिसाबले कस्तो समस्या भएका महिलाले व्रत बस्नु हुँदैन ?
सामान्य त शरीरको प्रकृति अनुसार निराहार भनेको २४ घण्टा नखाने हो। जो व्यक्तिमा मधुमेह छ उसले व्रत बस्नु हुँदैन। अन्य रोगको औषधि खाइरहेकोले पनि व्रत बस्नु हुँदैन। गर्भवती र बच्चालाई दूध खुवाइरहेका महिला र बुढाबुढीले तीजको व्रत बस्नु हुँदैन। तिजको अर्को सकारात्मक र रोचक पक्ष भनेको नाचगान पनि हो। नाचगान गर्दा महिलाको मानसिक थकान र तनाव हटाउन ठूलो सहयोग गर्दछ।

फलफूल खाएर व्रत बस्नु र केही पनि नखाएर व्रत बस्नुमा हाम्रो शरीरमा फरक के छ ?
व्रतले हाम्रो शरीरमा भएको अनावश्यक तौललाई घटाउने, हाम्रो आयु बढाउने, मुटुसम्बन्धी समस्या हटाउन मद्दत गर्ने अध्ययनले देखाएको छ। त्यसैले अध्ययनले २४ घण्टा व्रत बस्नु एकदमै राम्रो हो भनेको छ। तर बस्न नसक्नेले फलफूल खाएर बस्दा हुन्छ। त्यसले शरीर सफा गर्दछ। कहिलेकाहीँ अन्न नखाएर फलफूल मात्र खाँदा विकार बाहिर फाल्ने, शरीरमा भएका विषालु पदार्थ बाहिर फाल्ने काम गरेको हुन्छ। त्यो फलफूलको रसले शरीरलाई सफा गर्ने गर्दछ। अरू खानेकुरा नखाँदा शरीरमा भएको प्रोटिन र क्याल्सियम पच्ने हुन्छ। जसले गर्दा शरीर हल्का पनि हुन्छ। कसैले पानी फलफूल खाएर पनि व्रत बस्ने गर्दछन्।

तीजमा व्रत बसेको बेला के कारणले बेहोस हुने वा ढल्ने हुन्छ ?
पानी पनि नखाएर व्रत बस्दा शरीरमा पानीको मात्रा कम हुन्छ। गुल्कोजको मात्र घट्दै जान्छ जसकारण महिलाहरु ढल्ने बेहोस् हुने हुन्छन्।

दिनभरी भोकै बसेर बेलुका बढी चिल्लो खानेकुरा खाँदा कस्तो असर गर्दछ ?
व्रत बसेको बेला सबैभन्दा पहिला तरल पदार्थ खानुपर्छ । तरल पदार्थमा जुस र पानीहरू जे पनि खान सकिन्छ। दिनभर केही नखाएर सुख्खा भएको खाना नलीमा एक्कै पटक साह्रो खाना खाँदा समस्या हुन्छ। साह्रो खालको खाना खाँदा त्यो नलीहरू फुट्ने सम्भावना हुन्छ। त्यसैले पेटलाई पचाउन सजिलो हुने खानेकुरा खानुपर्छ। पहिला थोरै खाना खाने नरम खाना खाने गर्नुपर्छ। आधा घण्टापछि नर्मल खाना खान सकिन्छ। भोलिपल्ट बिहान काँडा पानीहरू चिया र दूध खाने गर्नुपर्छ। अदुवाहरू चबाउन सकिन्छ यसले घाँटीको नशाहरू खुल्छ। त्यसपछि नरम खाना हलुवा नरम खाना भात खाने खाँदा हुन्छ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : ०० बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये