किन मनाइन्छ तीज ? यस्तो छ धार्मिक महत्त्व | Khabarhub Khabarhub

किन मनाइन्छ तीज ? यस्तो छ धार्मिक महत्त्व


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

आज हरितालिका (तीज) पर्व । हरितालिका हिन्दु महिलाहरूको विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरी धूमधामसँग तीज मनाउने गर्छन् ।

तीजमा नारीहरू रातो, हरियो, पहेँलो रङ्गको पहिरनका साथमा चुरा, पोते लगाएर नाचगान गर्छन् । तीजका भाका गीतहरूका माध्यमबाट विवाहित महिलाहरू माइतीघर गएर मनको वह पोख्छन् ।

यो पर्वमा विवाहित महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्छन् ।

यसरी व्रत बस्दा श्रीमानको सुस्वास्थ्य र लामो आयु हुने जनविश्वास छ । साथै अविवाहित महिलाहरूले भगवान् शिव जस्तै श्रीमान् पाउँ पनि यो व्रत बस्ने मान्यता छ ।

यस कारण मनाइन्छ तिज ?

धार्मिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले भगवान महादेवलाई आफ्नो स्वामी पाउँ भनी व्रत बसेकी थिइन् । माता पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ ।

आफ्नो तपस्या पुरा नभएपछि पार्वतीले भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी विष्णुको प्रार्थना गरिन् र विष्णु (हरि)ले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा सम्पूर्ण बेलीविस्तार लगाए ।

विष्णुले दिएको सुझावअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान शिव प्रसन्न भए र चिताएको कुरा पुगोस् भनी वर दिए ।

यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा–आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । हरिले दिएको तालिकाअनुसार गरिने पूजा भएकाले तीजलाई हरितालिका पनि भनिएको मान्यता छ ।

पार्वतीको व्रत पूर्ण भई महादेवलाई श्रीमानका रूपमा पाएको दिनलाई नै हिन्दु नारीहरूले हरितालिका (तीज)का रूपमा मनाउँदै आएका छन् ।

यही मान्यता अनुसार नेपाली समाजमा तीजमा व्रत बसेर नाच्दा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु एवं अविवाहिता महिलाले सुयोग्य वर पाउँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ६ : ५९ बजे

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक

राष्ट्रसंघको महासभा : नेपाल घरेलुसँगै अन्तर्राष्ट्रिय विषयमा केन्द्रित

न्यूयोर्क – नेपालले यसपटक संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा निकै महत्त्वपूर्ण

भरुवा बन्दुकसहित एकजना पक्राउ

रूकुम पश्चिम – प्रहरीले रूकुम पश्चिमबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

दमौली – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग