पर्व हाम्रा पहिचान र गौरव हुन् : सभापति देउवा | Khabarhub Khabarhub

पर्व हाम्रा पहिचान र गौरव हुन् : सभापति देउवा


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गरेका छन् ।

नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले समाजमा सौहार्दता र एकतालाई मजबुत तुल्याउन यी पर्वहरूले योगदान गर्दै आएको बताए ।

सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्‍भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रो परम्पराले समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्बित गर्दै आएको उल्लेख गर्दै तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व रहेको जनाएका छन् ।

देउवाले यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : ४० बजे

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ