प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । 

 न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरु बीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

उनले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ४१ बजे

नेपाल क्रिकेट संघको ‘इन्स्योरेन्स पार्टनर’ बन्यो मेटलाइफ

काठमाडौँ– मेटलाइफ नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक बीमा साझेदार

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको