सुदूरपश्चिममा आज बूढी पोल्ने पर्वको रौनक « Khabarhub

सुदूरपश्चिममा आज बूढी पोल्ने पर्वको रौनक


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बैतडी– आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बूढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व धुमधामसँग मनाउने प्रचलन छ ।

विजय उत्सवका रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । परम्परागत किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरूले पुतनाको शव दहन गरेको कथन छ ।

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दूध चुसेर मारेको र भगवान श्रीकृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्ति का दिन यो पर्व मनाउने गरिएको भट्टको भनाइ छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रो खाँदै लुतो बाँड्ने प्रचलन छ ।

ओल्के संक्रान्तिका दिन गोठालाहरूले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरू थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छन् ।

गाई गोठालाहरूले बाँझा जग्गा र दोबाटोमा सल्ला, बाँज, खर्सुलगायत रुखहरूबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार– ३ श्रीकोटका गणेश वियटको भनाइ छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हाँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्ने गरिएको छ ।

यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।

पुतनाको स्वरूपमा तयार गरी सिँगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बूढी थुई भन्ने गर्छन् ।

त्यस्तै बूढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभर देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलन लोप हुँदै गएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ३० बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न