नगरपालिकाद्वारा दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण  | Khabarhub Khabarhub

नगरपालिकाद्वारा दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण 


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । 

नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक-एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गरे । 

नगरपालिकाभित्रका  कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो ।

नगरपालिकाले आफ्नो नीति तथा  कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिब तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत  स्वास्थ्य कार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : ४५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका