नगरपालिकाद्वारा दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण  « Khabarhub

नगरपालिकाद्वारा दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण 


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । 

नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक-एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गरे । 

नगरपालिकाभित्रका  कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो ।

नगरपालिकाले आफ्नो नीति तथा  कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिब तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत  स्वास्थ्य कार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : ४५ बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता