धनगढी उपमहानगरले विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिने « Khabarhub

धनगढी उपमहानगरले विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिने


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई समस्या नपरोस् भनेर नगरपालिकाले पाँच हजार रुपैयाँ दाहसंस्कार खर्च दिने निर्णय गरेको हो।

आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवम् वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए। 

आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षको समन्वयमा उपलब्ध गराइने छ।  यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ। 

नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिको मृत्यु भएमा धनगढी उपमहानगरपालिकालाई जानकारी गराउनु पर्ने ऐरले बताए।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : २९ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र