अमेरिकाद्वारा ५ बन्दी छुटाउन इरानलाई ६ अर्ब डलर निकासा « Khabarhub

अमेरिकाद्वारा ५ बन्दी छुटाउन इरानलाई ६ अर्ब डलर निकासा


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोहा- इरानी कारगारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो । अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ ।

अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो । सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन । आणविक वार्ताबाट इरान पछिहटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो । वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ ।

तेहरान र वासिङ्टनबीच बन्दी आदानप्रदान सम्झौताअन्तर्गत इरानमा थुनामा रहेका पाँच अमेरिकी र अमेरिकामा हिरासतमा रहेका पाँच इरानीलाई पनि थुनामुक्त गरिने छ । कतारले इरानी र अमेरिकी अधिकारीहरूलाई स्विट्जरल्याण्डबाट छ अर्ब डलर कतारका बैंक खातामा स्थानान्तरण गरिएको सूचनासमेत दिइसकेको छ । पाँच अमेरिकी नागरिक र दुई जना उनीहरूका आफन्तलाई दोहा ल्याउन कतारी जेट इरानमा तयारी अवस्थामा रहेको कतारी अधिकारीहरूले बताएका छन् ।

तेहरानले पक्राउ गरेका पाँच जना इरानी मूलका अमेरिकी हुन् । इरानमा बन्दी बनाइएका अमेरिकीहरूमध्ये व्यापारी सियामक नमाजीलाई जासुसीको आरोप लगाइएको थियो । हिरासतमा लिइएका अन्य वन्यजन्तु संरक्षणवादी हुन् । अमेरिकाले पक्राउ गरेका एक जनामाथि जासुसी गरेको, अर्का दुई जना इरानी सेनासँग सम्बन्ध भएको तथा दुई जनाले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोप लगाएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ६ : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल