गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका–१६ बाराकिलोस्थित पूर्व-पश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३–०३–००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न –३–०१०–२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिएको हो।

दुर्घटनाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो।

उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।

पिकअप गाडी चालक काभ्रे नमोबुद्ध नगरपालिका–२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ८ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’