प्रतिकात्मक तस्वीर

देश/प्रदेश

चट्याङबाट दैलेखमा एक जनाको मृत्यु

By खबरहब

September 18, 2023

काठमाडौं – चट्याङ लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । चट्याङ लागेर महाबु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपकसिंह बिष्टले जानकारी दिए ।

चट्याङ लागेर नौ जना घाइते भएका र उनीहरूको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बिष्टले बताए । आज सोमवार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लोमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको हो ।