मदिराले ब्रेन सेल्स सुकेर बिर्सने रोग लाग्छ « Khabarhub

मदिराले ब्रेन सेल्स सुकेर बिर्सने रोग लाग्छ


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

मानिसहरू जब खुसी वा दुःखी हुन्छन् तब रक्सी पिउँछन्। साथीभाइसँगको जमघटमा रातभर पार्टी गर्छन्। त्यति बेला पनि रक्सी नै पिउँछन्। पछिल्लो समय चाडपर्वमा धेरैले रक्सी पिउने गरेको पाइन्छ। मासु र रक्सी बिनाको चाडपर्व होइन भनेजस्तै अवस्था देखिन्छ। गाउँघरमा स्थानीय उत्पादनको रक्सी पिउने भए पनि बजारमा भने महंगो ब्रान्डको रक्सी खानेको संख्या बढ्दो छ। नेपाली समाजमा रक्सी खाएर एक अर्कासँग रमाइलो गर्ने भए पनि कोही कसैले अत्यधिक रक्सी पिउँदा दुर्घटना हुने गरेका छन्। चाडपर्वमा रक्सी पिउँदा हुने हानी र नोक्सानीका विषयमा खबरहबका लागि स्नायु रोग विशेषज्ञ डा.चन्द्रमान प्रजापतिसँग गरीएको कुराकानीको सम्पादित अंश :

चाडपर्व भनेर जति पनि अल्कोहल पिउँदा स्नायु प्रणालीमा कस्तो असर गर्दछ ?
अल्कोहल पिउनासाथ देखिने असर हुन्छ। यसले ब्रेनको कामलाई धमिलो बनाउँदै लान्छ। स्नायुसँगै अरु अङ्ग प्रत्यङ्गसँग जोडिएर आउने अहिलेको अध्ययनहरूले देखाएका छन्। अल्कोहलले मृत्यु हुनेको संख्या हेर्दा २०१६ को एक अध्ययन अनुसार ५.३ प्रतिशत देखिन्छ। त्यसमा २८ प्रतिशतको मृत्यु सडक दुर्घटनाका कारणले भएको रहेछ। अरु फोक्सोको क्यान्सर भएर मिर्गौला बिग्रिएर हुन्छ। मादक पदार्थ सेवन गरेर समस्या रोक्छु भनेर नसोच्दा हुन्छ। किनकि त्यो त शरीरले पनि दिँदैन। यसले हाम्रा सनासाना नशाहरूलाई ड्यामेज गराउँछ। अन्त्यमा गएर ब्रेन सेल्सहरू सुक्दै जान्छन् र बिर्सने रोगसमेत लाग्नसक्छ।

चाडपर्वमा मदिरा खाँदा आनन्द हुन्छ भनिन्छ, मदिराले साँच्चै आनन्द दिने हो ?
पिउने मदिरालाई ‘इथाइल अल्कोहल’ भनिन्छ। यो चाहिँ हामी मान्छेको विकाससँगै सुरु भएको अनुमान गरिन्छ। त्यसमा रसायन प्राप्त हुन्छ, धान, चामल, अन्न वा वनस्पती कुहिएपछि अल्कोहल बन्छ। यो हाम्रो शरीरको विभिन्न भागमा जान्छ र ब्रेनमा पनि जान्छ। स्नायु सञ्चालन हुन ब्रेनका विभिन्न भागहरू हुन्छन्। ब्रेनले काम गर्ने विभिन्न लेबलहरू हुन्छन्। एउटा ब्रेनले गरेको कामको अर्कोसँग सूचना आदानप्रदान गरिरहेको हुन्छ। यिनीहरूले आफ्नो काम गरिरहँदा मान्छे जिउँदै छ, चेतना दिएको छ भन्ने कुरा जानकारी हुन्छ। शरीरका मसिना सेलहरूको एक प्रकारका पाटहरू हुन्छ। त्यसमा केमिकलहरू ट्रान्सफर हुन्छन्। त्यहाँ न्युरो ट्रान्समिसन सेलहरू बन्छन्। त्यसलाई मदिराले भिन्न बनाएर क्षति गर्छ।

रक्सी पिउँदा कतिपयलाई कसैलाई डर लाग्ने र कसैलाई खुसी हुने हुन्छ ?
हाम्रो सामाजिक संरचना अनुसार यो कुरा संस्कृतिले अगाडि ल्याएको छ। हामीले पहिलादेखि नै सेवन गर्ने र प्रयोग गर्ने गरेको पाइएको छ। मान्छेलाई यो कसरी कन्ट्रोल गर्ने भनेर नै संस्कृतिले निर्धारण गरेको छ। ब्रेन सेल्सहरुले कसैलाई डर लाग्ने ठाउँ रोक्ने हुन्छ। कसैलाई खुसी बनाउने हुन्छ। त्यसैले यो अल्कोहल सेवन गर्दा कसैलाई डर लाग्ने र कोही खुसी हुने भएको हो।

अल्कोहल पिउँदा स्नायु प्रणालीमा चाहिँ कस्तो असर गर्दछ ?
कुनै पिउन साथ देखिने असर हो। यो डोजले यो काम गर्दिन भनेर बस्दा त्यो गर्ने हुन्छन्। नयाँ व्यक्तित्वमा हाई डोजले कोअर्डिनेसनको कामहरूमा असर पर्न थाल्छ। श्वासप्रश्वासमा पनि समस्या हुन्छ। अल्कोहल धेरै भयो भने छारे रोग लाग्ने र अन्तिममा मृत्यु हुनेसम्म हुन्छ। त्यसैले मदिराले लत बढाउँदै जान्छ। सकेसम्म नखानुहोस्। खानै परे घरमा बसेर थोरै मात्र नै खाएर सन्तुष्ट हुने गर्नुपर्छ। यसरी विस्तारै मदिराको लत छोड्न सकिन्छ।

महिला र पुरुषमा यसको प्रभाव कसलाई छिटो देखिन्छ ?
हाम्रो शरीरको बनावटमा भर पर्दछ। पुरुषको शरीर महिलाको भन्दा ठुलो छ, एकै डोजले पनि धेरै भिन्नता हुन्छ। महिलामा छिटो प्रभाव देखिने हुन्छ।

एक व्यक्तिले कति खाँदा ठिक हुन्छ र कति खाँदा असर गर्छ ?
अल्कोहल कहिल्यै नखाने व्यक्तिहरूलाई थोरैले पनि असर गर्दछ। लामो समयसम्म पिइरहेका व्यक्तिहरूमा मेडिकल भाषामा टलरिङस भनिन्छ। यसमा अलि बढी नै डोज खायो भने केही असर आउने हुन्छ। आफूलाई क्षति हुने गरी मदिरा सेवन गर्नु घातक हुन्छ।

बियरको सट्टामा वाइन राम्रो भनिन्छ यो सत्य हो ?
मदिरा नखानु राम्रो हो। जसले खान्छ उसले नै के राम्रो र के नराम्रो भनेर आफै बुझ्नु राम्रो हुन्छ।

अत्यधिक मदिराले आँखाको दृष्टिमा असर गर्ने हो ?
रक्सी भनेको इथाईल अल्कोहल हो। यिनीहरूको बनोट कार्बन हाईड्रोजनको मात्रामा फरक छ। अर्काे टक्सिक अल्कोहल भन्ने पनि हुन्छ। मिथानोल एक विषाक्त रक्सी हो। यो ज्यान लिने रक्सी पनि हुन्छ। यसले आँखाको नशा नै बिगार्छ। कुनै मदिरा आँखाको लागि घातक हुनसक्छन्।

मदिराको सेवनले मस्तिष्क पक्षाघात हुने सम्भावना कति छ ?
मस्तिष्क पक्षाघात भन्नाले स्ट्रोक दुई प्रकारको हुन्छ। स्केमिक स्ट्रोक र हेमोरेजिक स्ट्रोक। स्केमिक भनेको ब्रेनमा जाने रगत नलीहरू सानो भएर बन्द हुँदै जाने र ब्रेनले काम गर्न छोड्ने हो। हेमोरेजिक भनेको टाउकोमा जाने मसिना रगत नलीहरू आफै फुटेर रगत बग्ने र ब्रेन ड्यामेज भएर त्यो भागले काम नगर्ने हुन्छ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ०२ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्