कोसी प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने  « Khabarhub

कोसी प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने 


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन लागेका छन् । 

गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्। उनले आइतबार पद तथा गोपनीयताको सपथ लिए । 

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै विश्वासको मत लिन लागेका हुन् । 

अहिले सत्ता गठबन्धनले कार्की आफ्नै मुख्यमन्त्री भएको बताउँदै आएको छ। एमालेले आफ्नो समर्थनमा उनी मुख्यमन्त्री बनेको बताइरहेको छ। गठबन्धन र एमालेको दबाबका कारण कार्कीले तत्कालै प्रदेशसभाबाट विश्वासको मत लिन खोजेको उनी निकट स्रोतले बतायो। 

कार्कीलाई गठबन्धनले आफ्नै मुख्यमन्त्रीका रूपमा स्वीकार गरेको छ। गठबन्धन कायम राख्न पनि कार्कीमाथि दबाब बढेको छ। त्यस्तै एमालेले आफूहरूसँग भएको सहमतिका आधारमा मात्र अगाडि बढ्न दबाब दिएको छ। 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ०२ बजे

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च