गाजापट्टीस्थित एक अस्पतालमा हवाइ आक्रमण, पाँचसय जना मारिए  | Khabarhub Khabarhub

गाजापट्टीस्थित एक अस्पतालमा हवाइ आक्रमण, पाँचसय जना मारिए 


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन् ।  गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन् । हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौँ मानिस च्यापिएको अनुमान गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार अस्पतालमा भएको हमलामा मारिनेमा धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको बताइएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफूहरूले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनकै अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ । तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरूले झुटको संज्ञा दिएका छन् ।

इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ।

इजरायलले गाजापट्टीको उत्तरी भेग खाली गर्न आदेश दिएको केही दिनमै अस्पतालमा भीषण हमला भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घटनालाई आतङ्कवादी हमलाको संज्ञा दिँदै इजरायली बालबालिकाको हत्या गरेको हमासले आफ्ना बालबालिकाको पनि अनाहकमा ज्यान लिएको प्रतिक्रिया दिए ।

प्यालेस्टाइनका नेता महमुद अब्बासले भने इजरायली बर्बरताको सिमा नाघेको प्रतिक्रिया दिएका छन् । 

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले अस्पतालमा भएको रकेट हमलाको भत्सर्ना गर्दै नागरिकको स्वास्थ्य सुरक्षाको रक्षा गर्न माग गरेका छन् ।

इजरायल र हमास बीचको पछिल्लो युद्ध १२औँ दिनमा प्रवेश गरेको छ । यो अवधिमा दुवै पक्षले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् । 

गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजापट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ९ : ४१ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३