वर्षा र हावाहुरीले केराखेतीमा क्षति | Khabarhub Khabarhub

वर्षा र हावाहुरीले केराखेतीमा क्षति


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउने तयारीमा छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले भने किसानलाई नोक्सान भएको छ ।

हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्‍याएकाे किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा  धानबाली र केराखेतीमा क्षति भएको छ । 

पाँच बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्‍याउँदा उनलाई निकै पीडा भएको छ । 

‘उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्यो’, साउदले भने, ‘वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो ।’

अर्का किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर र जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन् । उनको बारीमा पनि क्षति भएको छ । ‘अहिलेसम्म कति बोट ढले भन्ने यकिन छैन’, उनी भन्छिन्, ‘किसानलाई कसैगरी पनि उँभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्‍याे ।

अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ । धामीका अनुसार बाहिरबाट हेर्दा त्यति होलाजस्तो छ तर भित्र पस्न पाएको छैन, अझै धेरै पनि हुनसक्छ ।

केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारूका अनुसार कैलालीमा हावाहुरीले केरामा धेरै क्षति पुर्‍याएको छ । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । ‘कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ’, थारूले भने ।’ हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने उनको भनाइ छ ।

अध्यक्ष थारूले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गरेका छन् ।

कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ । सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्याएको छ ।  हावाहुरीले टीकापुर–४ मा २६ घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १० : ४७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य