काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत परिसर नजिकैबाट करिब ६० जना कानुन व्यवसायीहरुलाई नियन्त्रणमा लिएको छ । हिरासतमा लिइएकाहरूमा वरिष्ठ तथा महिला अधिवक्ताहरू समेत रहेका छन् । यो घटनापछि कानुन व्यवसायी वृत्तमा ठूलो तरंग पैदा भएको छ ।
घटनालगत्तै सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष प्रदीप रायले सामाजिक सञ्जालमार्फत गम्भीर चिन्ता व्यक्त गर्दै कानुन व्यवसायीहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरेका छन् । उनले कानुन व्यवसायीहरूलाई यसरी मनपरी ढंगले नियन्त्रणमा लिनु र डरा धम्की दिनु कदापि सह्य नहुने स्पष्ट पारेका छन् ।
यस विषयमा बारले प्रधानन्यायाधीशसँग तत्काल हस्तक्षेपको माग गरेपछि प्रधानन्यायाधीश सूर्य कान्तले हिरासतमा रहेका सबै वकीलीहरूलाई तुरुन्त छाड्न निर्देशन दिएका छन् । त्यसपछि अध्यक्ष रायले नयाँ दिल्लीका प्रहरी उपआयुक्तसँग कुराकानी गरेको र प्रहरी प्रशासनले नियन्त्रणमा लिइएका अधिवक्ताहरूलाई तुरुन्त रिहा गर्ने आश्वासन दिएको जानकारी दिएका छन् ।














प्रतिक्रिया