झुलाघाट नाका पूर्णरूपमा सञ्चालन | Khabarhub Khabarhub

झुलाघाट नाका पूर्णरूपमा सञ्चालन


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि पूर्णरूपमा  सञ्चालनमा आएको छ । 

झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।

पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियो । पूर्णरूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ ।

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । नाकामा आंशिकरूपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकोमा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।

नाका पूर्णरूपमा सञ्चालन भएसँगै दसैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ । 

बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायतका मन्दिरमा दर्शनका लागि दसैँको समयमा भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । 

झोलुङ्गे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो । झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ११ : ०५ बजे

भारतको मुख्य प्रशिक्षकमा राहुल द्रविडकै निरन्तरता

काठमाडौं – भारतीय क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा राहुल

अभिनेत्री अदितीको गुनासो : मेरो चरित्र हत्या गर्ने प्रयास भयाे

काठमाडौं- अभिनेत्री अदिती बुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको

रास्वपाका महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त

बर्दिया र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ

काठमाडाैं- बर्दिया र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर