अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन | Khabarhub Khabarhub

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोरखा– बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको छ । 

बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिरोले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए ।

जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध भएपछि चौतर्फी आलोचना हुँदै आएको थियो । 

सातआठ दिनसम्म लगातार ठूला जेसीबीको सहायताले पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको सुवेदीको भनाइ छ । सडक अवरुद्ध हुँदा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्‍याउन समेत कठिनाइ हुँदै आएको थियो ।

लाप्राक र आसपासका बस्तीमा सडक अवरुद्ध हुँदा चाडबाडका बेलामा पनि भारी बोकेर खाद्यसामग्री लैजानुपर्ने बाध्यता रहेको थियो । हरेक वर्ष बर्खा लागेसँगै उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । 

बारपाक–लाप्राक सडकखण्ड २०७७ साल जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु गरिरहेको भए पनि ठेकेदारले समयमा काम सम्पन्न नगर्दा त्यस क्षेत्रका बासिन्दाले हैरानी खेप्दै आउनु परेको छ ।

ठेक्का सम्झौता भएको झण्डै ४१ महिना भइसक्दा समेत स्तरोन्नतिको काम सम्पन्न हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ साल जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा/विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सडकको भौतिक प्रगति अहिलेसम्म ५२ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

कार्यालयले १३ दशमलव १४ किलोमिटर सडक ३४ करोड १५ लाख ७१ हजार एक सय ९८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गतेभित्र काम सम्पन्न गर्ने म्याद थप गरेको थियो । थपिएको म्याद सकिएको चार महिना भइसक्दा पनि सडक स्तरोन्नतिको काम भने अझै अलपत्र रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १२ : ०२ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको