बेमौसमी वर्षाले धानबालीमा क्षति | Khabarhub Khabarhub

बेमौसमी वर्षाले धानबालीमा क्षति


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनहरी– बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । मंगलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन् । सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए ।  

उनले भने, ‘मंगलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पुर्‍याएको छ । धान भित्र्याउन जुटेका किसान बाली नोक्सान भएपछि चिन्तित छन् ।’ अझै वर्षा भएमा पाकेको धानबाली खेतमै कुहिने चिन्ता बढेको उनले बताए ।

किसान विष्णुकुमारी बजगाईँले पाकेको धान काटेर खेतमा सुकाएको जनाउँदै बेमौसमी पानीले धान र पराल दुवैमा असर गरेको बताइन् । वर्षभरी खाने उपजमा वर्षाले क्षति गरेपछि किसान चिन्तित भएका उनको भनाइ थियो ।

गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हावासहित आएको पानीले पालिकाभित्रका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको बताए । मकवानपुरगढीका साथै मनहरीको रजैया, ज्यामिरे, सिमपानी, हाडीँखोला क्षेत्रमा पनि धानबालीमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ०६ बजे

दक्षिणी रुसको तेल ट्यांकी भण्डारमा ड्रोन आक्रमण

काठमाडौं– दक्षिणी रुसको अजोभ सहर नजिकै मंगलबार राति तेल भण्डारण

अपांगता भएका व्यक्तिलाई बैंकिङ सेवासुविधा उपलब्ध गराउन माग 

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले दृष्टिविहीनलगायत

अमरेशकुमार भन्छन्- बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद् बहिष्कार गर्छु

काठमाडौं– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद्

कर्णालीको बजेटमाथि छलफल 

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित

निर्जला एकादशी : घर–घरमा ‘तुलसीको दल’ राखियो

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको