भारतले मानवयुक्त चन्द्र अभियान सञ्चालन गर्ने « Khabarhub

भारतले मानवयुक्त चन्द्र अभियान सञ्चालन गर्ने


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताएका छन् । भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

विश्वको सबैभन्दा धैरै जनसङ्ख्या रहेको भारत आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि शनिबार एउटा महत्वपूर्ण परीक्षण उडानका लागि तयार भएको बेला प्रधानमन्त्री मोदीको उक्त घोषणा आएको हो ।

उनले अन्तरिक्ष एजेन्सीका अधिकारीहरूसँग भारतीय अन्तरिक्ष पहलको सफलतालाई अगाडि बढाउनुपर्ने बताए । “सन् २०३५ सम्ममा ‘भारतीय अन्तरिक्ष स्टेसन’ र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउनेसहित मुलुकले अब नयाँ र महत्वाकांक्षी लक्ष्य बनाउनु पर्छ”, मङ्गलबार अबेर उनले एक वक्तव्यमा भने ।

प्रधानमन्त्री मोदीले चन्द्रमामा ‘मिसनहरूको शृङ्खला’ का लागि योजनाहरूको विकास गर्न अधिकारीहरूलाई आग्रह गरे । भारतले कम बजेटमा अन्तरिक्ष कार्यक्रम सञ्चालन गरेको छ ।

भारत गत अगस्टमा चन्द्रमाको अज्ञात दक्षिणी ध्रुवमा ठूलो स्तरमा आफ्नो यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । साथै उसले सूर्यको सबैभन्दा बाहिरी भागको निरीक्षण गर्नका लागि एउटा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : २३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर