कर्णालीमा ट्राफिक सचेतना सप्ताह : १२ लाख रुपैयाँ राजस्व सङ्कलन, २८ हजार जनालाई सचेतना « Khabarhub

कर्णालीमा ट्राफिक सचेतना सप्ताह : १२ लाख रुपैयाँ राजस्व सङ्कलन, २८ हजार जनालाई सचेतना


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को अवधिमा रु १२ लाख राजस्व सङ्कलन गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दशवटै जिल्लाका ट्राफिक कार्यालयले गरेको ट्राफिक जाँचको क्रममा कारबाहीमा परेका एक हजार आठ सय सवारी साधनबाट रु १२ लाख २९ हजार पाँच सय र मादक पदार्थ सेवनतर्फ रु ५० हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

“सप्ताहको अवधिमा प्रदेशभरमा २८ हजार एक सय ७९ जनालाई ट्राफिक सेचतना गराइएको छ”, प्रवक्ता भट्टराईले भने, “विभिन्न विद्यालय, क्याम्पस गरी चार सय ७० विद्यार्थीलाई पनि ट्राफिक नियमका बारेमा सचेत बनाएका छौँ ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात हजार सात सय ९६, सल्यानले पाँच हजार छ सय २२, दैलेखले तीन हजार आठ सय, कालीकोटले तीन हजार ६२, रुकुमपश्चिमले दुई हजार नौ सय ७०, जुम्लाले दुई हजार ११, जाजरकोटले एक हजार चार सय ५९, मुगुले छ सय ९२, डोल्पाले चार सय ३५ र हुम्लाले तीन सय ३२ जनालाई ट्राफिक सचेतना गराएको उनले बताए ।

असोज २४ गतेदेखि सञ्चालन भएको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए ।

‘६८औँ प्रहरी दिवस–२०८०’ को अवसर नेपाल प्रहरीको ब्याण्ड प्रदर्शनपश्चात् उक्त सप्ताहको समापन मङ्गलबार साँझ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ०५ बजे

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न

काठमाडौं– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले