संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको छ : बागमतीका कानूनमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको छ : बागमतीका कानूनमन्त्री श्रेष्ठ


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

हेटौँडामा आज आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा शुभकामना व्यक्त गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकार सङ्घीयतालाई कार्यान्वयन गर्दै प्रदेश निजामती ऐन पारित गरी कर्मचारी व्यवस्थापन र परिचालनमा जुटेको बताए ।

ऐन कार्यान्वयन गरेर दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको मन्त्री श्रेष्ठले सुनाए । प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न संसदबाटै ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको समेत उनले बताए ।

गठबन्धन सरकारले गरेको प्रतिबद्धता अनुरुप भदौ मसान्तसम्म प्रहरी समायोजन गर्नुपर्नेमा तिहारअघि उक्त प्रतिबद्धताअनुरुप काम हुने विश्वाससमेत लिइएको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : २७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको