संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको छ : बागमतीका कानूनमन्त्री श्रेष्ठ « Khabarhub

संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको छ : बागमतीका कानूनमन्त्री श्रेष्ठ


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

हेटौँडामा आज आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा शुभकामना व्यक्त गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकार सङ्घीयतालाई कार्यान्वयन गर्दै प्रदेश निजामती ऐन पारित गरी कर्मचारी व्यवस्थापन र परिचालनमा जुटेको बताए ।

ऐन कार्यान्वयन गरेर दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको मन्त्री श्रेष्ठले सुनाए । प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न संसदबाटै ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको समेत उनले बताए ।

गठबन्धन सरकारले गरेको प्रतिबद्धता अनुरुप भदौ मसान्तसम्म प्रहरी समायोजन गर्नुपर्नेमा तिहारअघि उक्त प्रतिबद्धताअनुरुप काम हुने विश्वाससमेत लिइएको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : २७ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु