युरोकप छनोट : माल्टामाथि इंग्ल्याण्डको सहज जित « Khabarhub

युरोकप छनोट : माल्टामाथि इंग्ल्याण्डको सहज जित


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा इंग्ल्याण्डले सहज जित निकालेको छ । गएराति घरेलु मैदान वेम्बली रंगशालामा भएको खेलमा माल्टालाई २–० गोलले हराउँदै इंग्ल्याण्डले जित निकालेको हो ।

इंग्ल्याण्डका लागि ह्यारी केनले एक गोल गरेका थिए भने एक गोल माल्टाको आत्मघातीबाट प्राप्त भएको थियो । 

खेलको आठौँ मिनेटमै माल्टाका इनरिको पेपेले आत्मघाती गोल गरेका थिए । त्यसपछि ७५औँ मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डको अग्रतालाई दोब्बर बनाए ।

यो जितसँगै समूह ‘सी’ मा अपराजित रहेको इंग्ल्याण्ड ७ खेलबाट १९ अंकका साथ शीर्षस्थानमा छ । पराजित भएको माल्टा अंक विहीन छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ३९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र