गैँडा मारेको घटना छानविन गर्न चितवन कांग्रेसको माग | Khabarhub Khabarhub

गैँडा मारेको घटना छानविन गर्न चितवन कांग्रेसको माग


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिंगे गैँडा मारेको घटनाको छानबिन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।

‘गैँडा मारेको घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौँ’, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गैँडा तस्करले दसैँ तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शंकास्पद घटनाको रूपमा लिएको विज्ञप्तिमा भनिएको छ । ‘योजनाबद्ध रूपबाट गल, गैंती र कोदालोजस्ता घरेलु हरियारको प्रयोग गरी खाडल बनाई गैँडालाई धरापमा पारिएको घटना नियोजितपूर्ण छ’, विज्ञप्तिमा उल्लेख छ ।

दुर्लभ एक सिंगे गैँडाको प्रमुख वासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यस प्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र द्वन्द्वकालमा भएका गैँडा तस्करीको घटनालाई बिर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाति संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ४७ बजे

मधेश प्रदेश केपी ओली कपको फाइनलमा

काठमाडौं- मधेश प्रदेश पोखरामा जारी केपी ओली टी–२० प्रतियोगिताको फाइनलमा

दुबईमा आजदेखि राष्ट्रसङ्घीय जलवायु सम्मेलन सुरु

दुबई- संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन दुबईमा आजदेखि सुरु भएको छ

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने

काठमाडौं- उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि

साल्पापोखरी चिनाउन महोत्सव

काठमाडौं– भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको सङ्गमस्थल साल्पापोखरी र सिलिचुङ