चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ « Khabarhub

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग पैसा माग्ने तीन जना पक्राउ परेका छन् ।

दसैँ नजिकिँदै गर्दा काठमाडौंको बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती आफूले भनेको सवारीसाधनमा चढ्न दबाब दिने, सामान तान्ने र सस्तो टिकटको प्रलोभन देखाएर दुःख दिने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ घर भई काठमाडौंको भोटेबहाल बस्ने ४३ वर्षीय विशालकुमार जैसवाल, भारतको मोतिहारी कोटोहा–१० घर भएका ४२ वर्षीय रञ्जनकुमार र सिराहाको सिराहा नगरपालिका–५ घर भई काठमाडौंको बल्खु बस्ने ५१ वर्षीय राम कलेवर यादव रहेका छन् ।

प्रहरीले जैसवाल र रञ्जनकुमारलाई बल्खुबाट तथा यादवलाई माइतीघर चोकबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार यात्रु मिलाइदिएबापत चालकसँग रकम असुल्ने तथा सम्राट मेट्रो यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै रकम माग्ने गरेको पनि पाइएको छ । रकम नदिए गाडी जान नदिने भन्दै धम्की दिने, सार्वजनिक स्थानमा हातपात गर्ने र अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूको खोजी गरेको थियो ।

उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ५ : ५१ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ