च्याट जीपीटीका सीईओ अल्टम्यान बर्खास्त « Khabarhub

च्याट जीपीटीका सीईओ अल्टम्यान बर्खास्त


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– च्याट जीपीटीका सीईओ शाम अल्टम्यान बर्खास्त भएका छन् ।

च्याट जीपीटी निर्माता ओपन एआईको बोर्ड बैठकले अल्टम्यानलाई सीईओबाट बर्खास्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । 

कम्पनीले माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम नभएको उल्लेख गर्दै बर्खास्त गरेको हो ।

ओपन एआई बोर्डले एक विज्ञप्तिमा भनेको, ‘अल्टम्यानलाई बर्खास्त गर्ने निर्णय अत्यन्तै विचारका साथ लिइएको हो। सावधानीपूर्वक विचार गरेपछि बोर्ड यो निष्कर्षमा पुग्यो कि शाम अल्टम्यान आफ्नो कामको बारेमा स्पष्ट थिएनन् ।’ 

३८ वर्षीय अल्टम्यानले  करिब एक वर्षअघि जीपीटी बनाएका थिए। अभूतपूर्व क्षमता भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याटजीपीटीको विमोचनसँगै उनी प्राविधिक संसारमा सनसनी बनेका थिए । 

सिइओको बर्खास्तीपछि ओपन एआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानले पनि अध्यक्षबाट राजीनामा दिएको जनाएको छ।

 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १ : ०६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल