बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु  | Khabarhub Khabarhub

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु 


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ । 

गम्भीर घाइते हुनेमा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीकी ३० वर्षीया कलावती बिष्ट र ४५ वर्षीया हिरा बिष्ट रहेका छन् । उनीहरूको दुवैको टाउको र छातीमा चोट रहेको छ । 

यस्तै दुर्घटनामा परी दोगडाकेदारकटौंजपानीकै ६० वर्षीय पदम बिष्ट, ७ वर्षीया सुशीला बिष्ट र ४ वर्षीय रियाज बिष्ट पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पठाइएको छ । 

जिप चालक दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका सुरेन्द्र बिष्ट फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १ : १७ बजे

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट