परराष्ट्रमन्त्रीद्वारा शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवन उद्घाटन « Khabarhub

परराष्ट्रमन्त्रीद्वारा शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवन उद्घाटन


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवनको आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका छन् ।

त्यस अवसरमा मन्त्री साउदले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्न सम्बद्ध अधिकारीहरू लाग्नुपर्नेमा जोड दिए। सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय हो भने। 

फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताए।

भवन १० करोडको लागतमा निर्माण भएको हो । भवनको भुइँतलामा ३१ वटा र पहिलो तलामा १९ गरी जम्मा ५१ वटा कोठा  छन् ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ०३ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर