एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ | Khabarhub Khabarhub

एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा हिँडिरहेको एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दाङको घोराहीबाट तीन जनालाई पक्राउ गरेको हो। खुकुरी प्रहार गरी फरार भएका तीनै जनालाई घोराही उपमहानगरपालिका-९ तेघरामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ का २४ वर्षीय शैलेश शाह, घोराही–१५ का २५ वर्षीय मिस्चल बुढामगर र घोराही–१५ कै २५ वर्षीय नवराज श्रेष्ठ रहेका छन्।

उनीहरूले घोराही उपमहानगरपालिका–१५ गोरखा हस्पिटल रोड नजिकै हिँडिरहेको अवस्थामा घोराही–१५ का २१ वर्षीय कृतिक बुढामगरलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको भए पनि त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : २६ बजे

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको