एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ « Khabarhub

एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा हिँडिरहेको एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दाङको घोराहीबाट तीन जनालाई पक्राउ गरेको हो। खुकुरी प्रहार गरी फरार भएका तीनै जनालाई घोराही उपमहानगरपालिका-९ तेघरामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ का २४ वर्षीय शैलेश शाह, घोराही–१५ का २५ वर्षीय मिस्चल बुढामगर र घोराही–१५ कै २५ वर्षीय नवराज श्रेष्ठ रहेका छन्।

उनीहरूले घोराही उपमहानगरपालिका–१५ गोरखा हस्पिटल रोड नजिकै हिँडिरहेको अवस्थामा घोराही–१५ का २१ वर्षीय कृतिक बुढामगरलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको भए पनि त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : २६ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको