भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुँदै | Khabarhub Khabarhub

भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुँदै


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा तीव्र गतिमा स्वास्थ्य सेवा विस्तार भइरहेको पाइएको छ । सामुदायिक स्वास्थ्य केन्द्रका माध्यमबाट भारत सरकारले जम्मु कश्मीरमा स्वास्थ्य विस्तार गरिरहेको छ । जम्मु कश्मीरस्थित राजौरी जिल्लाको कन्डी क्षेत्रमा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सेहद कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

यस कार्यक्रमअनुसार स्वास्थ्य जाँच, औषधि, एम्बुलेन्सजस्ता सेवाहरु निशुल्क प्रदान गरिन्छ । भारतीय समाचार संस्था एएनआईका अनुसार कन्डी कोट्रानाका क्षेत्रमा बसोबास गर्ने ८५ प्रतिशत मानिसहरु गरिबीको रेखामुनी रहेका छन् ।

सो क्षेत्रमा बसोबास गर्ने गरिब जनताको स्वास्थ्य सेवाई मध्यनजर गर्दै एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, दन्त सेवा र आकस्मिक सेवाहरु उपलब्ध गराइएको छ । कन्डी सामुदायिक स्वास्थ्य केन्द्रमा ब्लक मेडिकल अधिकृतका रुपमा कार्यरत डा. विनोद भटले कन्डी र पिर पञ्जल क्षेत्रमा जाडोयाममा देखा पर्ने समस्यालाई मध्यनजर गर्दै उच्च सावधानी अपनाइएको जानकारी दिए ।

एएनआईसँगको कुराकानीमा उनले अहिले निकै चिसो बढेकाले आफूहरुले स्वास्थ्यकर्मीहरुलाई सावधानी अपनाउन निर्देशन दिएको बताए । उनले पर्याप्त मात्रामा आपूर्ति गरिएकाले चिसो मौसममा पनि स्वास्थ्य उपकरण एवम् औषधिको अभाव नहुने उल्लेख गरे ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ५५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले