चिसोले जाजरकोटमा थप तीन भूकम्पपीडितको मृत्यु | Khabarhub Khabarhub

चिसोले जाजरकोटमा थप तीन भूकम्पपीडितको मृत्यु


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : ४४ बजे

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर

पुल भाँचिएर रोकिएका सवारी साधन वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर

पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौं – तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती शनिबार विविध कार्यक्रम

शनिबार उपत्यकाका कुनकुन ठाउँमा काटिन्छ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा