राजतन्त्र फर्किने र ४७ सालको संविधान ब्युँतिने कुनै सम्भावना छैन : महासचिव विप्लव « Khabarhub

राजतन्त्र फर्किने र ४७ सालको संविधान ब्युँतिने कुनै सम्भावना छैन : महासचिव विप्लव


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजतन्त्र फर्किने र ४७ सालको संविधान ब्युँतिने कुनै सम्भावना नरहको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारीहरुबीचको ध्रुवीकरण र एकीकरण कार्यक्रममा विप्लवले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको र अहिलेको निकास ४७ सालको संविधान नभएको जिकिर गरे ।

उनले अब देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले लिने टिप्पणी गरे । त्यस्तै, उनले नेपाली जनतालाई समाजवादतर्फ लैजाने नेतृत्वसमेत आफ्नो पार्टीले गर्ने दाबी गरे ।

त्यस्तै विप्लवले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको भएको भन्दै जनताको मुख थुनेर शासन गर्न नसकिने बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य काञ्छाराम तामाङ, उक्त पार्टीका केन्द्रीय सदस्य जीतबहादुर तामाङ, नेपाल समाजवादी पार्टीका संघीय परिषद् सदस्य कबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य राजकुमार, नेकपा माकेका बागमती प्रदेश कमिटी सदस्य राजेन्द्रप्रसाद नेपाललगायत नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ४५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र