एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसादले मनाए ९५ औँ जन्मदिन | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसादले मनाए ९५ औँ जन्मदिन


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीले ९५ औँ जन्मदिन मनाएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् तस्वीर सार्वजनिक गर्दै बुबाले जन्मदिन मनाएको जानकारी दिएका हुन् । अध्यक्ष ओलीले सार्वजनिक गरेको तस्वीरमा मोहनप्रसादलाई छोरा केपी ओलीले केक खुवाउँदै गरेको देख्न सकिन्छ ।

तस्वीर सार्वजनिक गर्दै अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘आजबाट बुबा ९४ वर्ष पूरा गरेर ९५ वर्षमा लाग्नुभयो । यो उमेरमा पनि उहाँ आँखा राम्रोसँग देख्नुहुन्छ, कान अलि कम सुन्नुहुन्छ, राम्रैसँग हिँडडुल गर्न सक्नुहुन्छ, स्मरण शक्ति धेरै राम्रो छ ।’

उनले आफ्नी श्रीमती राधिका शाक्यले आफ्ना बुबाको जन्मदिन मनाउने व्यवस्था मिलाएको समेत जानकारी दिएका छन् । ‘आज घरमा राधिकाले उहाँको ९५ औं जन्मदिन मनाएर खुशी बाँड्ने व्यवस्था मिलाइन् ।’ उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना बुबा !’

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : २८ बजे

बिक्री भएन झापाका डेरीको घ्यू

झापा- दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा

यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं- एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित भएको छ

पोखराबाट १७ वर्षीय किशोरले बस चोरेपछि…

पोखरा- पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा

अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालको अर्धशतक

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन