बिरालोले बच्चा किन सारिरहन्छ ? | Khabarhub Khabarhub

बिरालोले बच्चा किन सारिरहन्छ ?


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

बिरालो घरमा बस्ने जनावर हो । यो एक मांसाहारी तथा स्तनधारी समूहमा पर्ने जनावर हो ।

बिरालोलाई आत्मनिर्भर र आत्मविश्वासको प्रतीक पनि मानिन्छ । जसका कारण धेरै नेपालीहरूको घरमा बिरालो पाल्ने गरिन्छ ।

बिरालोलाई कालको रूप पनि मान्ने गरिन्छ । त्यसैले बिरालो घरमा पालेर खुसी बनाउँदा घरमा सुख शान्ति र समृद्धि छाउँछ भन्ने धार्मिक मान्यता रहेको छ ।

बिरालोले बच्चाहरूको पालन पनि अनौठो तरिकाले गर्दछ । बिरालेका बच्चाले जन्मेको ७ देखि ९ दिनको बिचमा आँखा खोल्न थाल्छन् ।

जबसम्म बच्चाका खुल्दैनन् तबसम्म बिरालोले जन्माएकै ठाउँमा राखेर आफ्नो दूध चुसाउँछ । तर आँखा खुलेपछि यसले मुखले च्यापेर एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ ।

बिरालोले त्यति बेलासम्म बच्चा सारिरहन्छ जति बेलासम्म आफ्ना बच्चाहरू आफैँ सिकार गर्न वा आफ्नो सुरक्षा गर्न सक्दैनन् ।

बिरालोको यही गतिविधिलाई गाउँघरको भाषामा बिरालोले बच्चाको न्वारान ७ घर डुलाएर गर्छ भन्ने गरिन्छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : १६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’