डाक्टरको सुझाव : तपाईंको दाँत फुकाल्नु नपरोस् « Khabarhub

डाक्टरको सुझाव : तपाईंको दाँत फुकाल्नु नपरोस्


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानिसलाई दाँतको समस्या परिरहेकै हुन्छ। कसैलाई दाँत दुख्ने समस्या हुन्छ त कसैलाई आफ्नो दाँत नमिलेको चिन्ता हुन्छ। बालबच्चाको दन्तलहर राम्रा हुन् भन्ने रहर सबै बाबुआमाको हुन्छ।

मुखको राम्रो ख्याल गरिएन भने दाँतमा विभिन्नखाले समस्या देखिने र गिजा पाक्ने लगायतका समस्या आउने चिकित्सकको भनाइ छ।
अन्य उमेरका व्यक्तिको तुलनामा अहिले बालबालिकामा दाँतसम्बन्धी समस्या बढी देखिन थालेको चिकित्सकले बताउने गरेका छन्। यसको मुख्य कारण खानपान नै हो। अहिलेका बालबालिका घरमा बनेको खानेकुरा भन्दा पनि जंक फुड, प्याकेट फुड र चकलेट बढी रुचाउँछन्। यस्ता खानेकुराले उनीहरुको स्वास्थ्यका साथै दाँतमा पनि समस्या निम्त्याएको हो।

दाँत दुख्नुको कारण के हो ? यसको उपचारविधि के छ ? यिनै विषयमा दुर्गम हिमाली जिल्लामा स्वास्थ्य सेवामा खटिएर सबैका परिचित बनेका दन्तरोग विशेषज्ञ डाक्टर भूमेश काफ्लेसँग खबरहबकर्मी पवन मुडभरीले गरेको संक्षिप्त कुराकानी :

दाँत दुख्नुको मुख्य कारण के हो ?
मुखको राम्रो ख्याल गरिएन भने दाँतमा विभिन्नखाले समस्या देखिने गर्छन्। शरीरको द्वारका रुपमा रहेको मुखको हामीले राम्रो ख्याल गरेनौ भने दाँत दुख्ने, गिँजा पाक्ने लगायत समस्या देखिने गर्दछन्।

दाँतमा किरा लाग्छ भनिन्छ, के यो सही हो ?
दाँतमा किरा लाग्छ भन्ने बुझाइ छ, यो गलत हो। किरा लाग्ने भनेको दाँत सड्ने प्रक्रिया हो। सुरुमा दाँत कालो हुँदै जान्छ, त्यसैलाई हामीले किरा लाग्ने भन्छौं।

अहिलेका बालबालिकामा दाँत दुख्ने समस्या बढ्दो छ, गुलियो धेरै खाएरै यस्तो भएको हो ?
एउटा कारणचाहिँ गुलियो खानाले हो। अर्को, हामीले बच्चा जन्मेदेखि नै उसको गिजाको सुरक्षा गर्नुपर्छ। बच्चाले दूध चुसिसकेपछि गिजा सफा गर्ने र दाँत पलाउन थालेपछि आफै औंलाले सफा गरिदिने गर्नुपर्दछ।
जंकफुड धरै खानाले पनि बच्चाको दाँतमा छिटो किरा लाग्ने गर्दछ। बच्चाले गुलियो खान मन पराउँछ भने खाना खानु अगाडि दिने गर्नुस् ताकि खाना खाँदा दाँतमा अड्किएको गुलियो पदार्थ निस्किन पाओस्।

बच्चा कति वर्षको भएपछि ब्रस गर्न दिने ?
बच्चाको हेरविचार भनेको दात नउम्रिँदै गिजादेखि नै गर्नु आवश्यक छ। दाँत उम्रिन थालेपछि नघोच्ने नरमखालको ब्रसले अभिभावक आफैंले सफा गरिदिनुपर्छ।

दाँतको समस्यामा वंशाणुगत असर कत्तिको हुन्छ ?
दाँत दुखाइमा वंशाणुगत असर छैन। हरेक व्यक्तिमा फरक–फरक खालका समस्या देखिने गर्छन्। हामीले आफ्नो दाँतको कत्तिको हेरविचार गर्छौं भन्ने कुरामा भर पर्छ। खानपानमा ध्यान दिने, सुगरजन्य पदार्थहरु खाइसकेपछि मुख कुल्ला गर्ने गर्यौं भने दाँतको समस्याबाट बच्न सकिन्छ।

दाँत दुखेमा यसको उपचार विधि के छ ?
दाँत दुखुञ्जेल हामीले प्रतीक्षा गर्नुहुँदैन। पश्चिमा देशहरुमा हरेक ६– ६ महिनामा दाँत परीक्षण गराउने व्यवस्था छ। तर, नेपालमा जब दाँत दुख्छ, अनि मात्र अस्पताल जाने प्रचलन छ। दाँत दुखिसक्नु भनेको दाँतमा धेरै नै समस्या भइसक्नु हो। त्यसैले सकभर दाँत दुख्न दिनुहुँदैन। यदि त्यस्तो समस्या आइहाल्यो भने अस्पताल गएर सिमेण्ट भरेर दुखाइ अलि कम गर्न सकिन्छ। गारो नै भएको छ भने त्यो दाँतबाट अन्य दाँतमा संक्रमण नहोस् भन्नका लागि दाँत निकाल्न पनि सकिन्छ। सबैभन्दा राम्रो, हरेक ६ महिनामा दाँतको चेकअप गर्नु हो।

दाँत निकाल्दा स्वास्थ्यमा अन्य असर पर्दैन ?
दाँत नै भएन भने राम्रोसँग खाना खान पाइँदैन। गाला चाउरिएर भित्र पस्छन्। अरु दाँतमा पनि असर गर्छ, जसका कारण यसले अन्य स्वास्थ्यभन्दा पनि नजानिँदो पाराले असर गरिरहेको हुन्छ। पछि हालेको दाँत प्राकृतिक दाँतजस्तो हुँदैन। त्यसैले दाँतलाई फाल्ने अवस्थासम्म पुर्याउने हुँदैन।

अन्त्यमा, यहाँको सुझाव के छ ?
हरेक ६-६ महिनामा नेपाल सरकारबाट सम्बन्धन प्राप्त दन्त चिकित्सकसँग दाँतको चेकजाँच गर्नुहोला। बिहान-बेलुका अनिवार्य ब्रस गर्ने बानी गरौं। चिनीजन्य पदार्थ, जंकफुड कम खाने गर्नुभयो भने दाँतमा हुने समस्याबाट बच्न सकिन्छ।

दन्तरोग विशेषज्ञ डाक्टर भूमेश काफ्लेसँगको कुराकानी

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : २५ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का