डाक्टरको सुझाव : तपाईंको दाँत फुकाल्नु नपरोस् « Khabarhub

डाक्टरको सुझाव : तपाईंको दाँत फुकाल्नु नपरोस्


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानिसलाई दाँतको समस्या परिरहेकै हुन्छ। कसैलाई दाँत दुख्ने समस्या हुन्छ त कसैलाई आफ्नो दाँत नमिलेको चिन्ता हुन्छ। बालबच्चाको दन्तलहर राम्रा हुन् भन्ने रहर सबै बाबुआमाको हुन्छ।

मुखको राम्रो ख्याल गरिएन भने दाँतमा विभिन्नखाले समस्या देखिने र गिजा पाक्ने लगायतका समस्या आउने चिकित्सकको भनाइ छ।
अन्य उमेरका व्यक्तिको तुलनामा अहिले बालबालिकामा दाँतसम्बन्धी समस्या बढी देखिन थालेको चिकित्सकले बताउने गरेका छन्। यसको मुख्य कारण खानपान नै हो। अहिलेका बालबालिका घरमा बनेको खानेकुरा भन्दा पनि जंक फुड, प्याकेट फुड र चकलेट बढी रुचाउँछन्। यस्ता खानेकुराले उनीहरुको स्वास्थ्यका साथै दाँतमा पनि समस्या निम्त्याएको हो।

दाँत दुख्नुको कारण के हो ? यसको उपचारविधि के छ ? यिनै विषयमा दुर्गम हिमाली जिल्लामा स्वास्थ्य सेवामा खटिएर सबैका परिचित बनेका दन्तरोग विशेषज्ञ डाक्टर भूमेश काफ्लेसँग खबरहबकर्मी पवन मुडभरीले गरेको संक्षिप्त कुराकानी :

दाँत दुख्नुको मुख्य कारण के हो ?
मुखको राम्रो ख्याल गरिएन भने दाँतमा विभिन्नखाले समस्या देखिने गर्छन्। शरीरको द्वारका रुपमा रहेको मुखको हामीले राम्रो ख्याल गरेनौ भने दाँत दुख्ने, गिँजा पाक्ने लगायत समस्या देखिने गर्दछन्।

दाँतमा किरा लाग्छ भनिन्छ, के यो सही हो ?
दाँतमा किरा लाग्छ भन्ने बुझाइ छ, यो गलत हो। किरा लाग्ने भनेको दाँत सड्ने प्रक्रिया हो। सुरुमा दाँत कालो हुँदै जान्छ, त्यसैलाई हामीले किरा लाग्ने भन्छौं।

अहिलेका बालबालिकामा दाँत दुख्ने समस्या बढ्दो छ, गुलियो धेरै खाएरै यस्तो भएको हो ?
एउटा कारणचाहिँ गुलियो खानाले हो। अर्को, हामीले बच्चा जन्मेदेखि नै उसको गिजाको सुरक्षा गर्नुपर्छ। बच्चाले दूध चुसिसकेपछि गिजा सफा गर्ने र दाँत पलाउन थालेपछि आफै औंलाले सफा गरिदिने गर्नुपर्दछ।
जंकफुड धरै खानाले पनि बच्चाको दाँतमा छिटो किरा लाग्ने गर्दछ। बच्चाले गुलियो खान मन पराउँछ भने खाना खानु अगाडि दिने गर्नुस् ताकि खाना खाँदा दाँतमा अड्किएको गुलियो पदार्थ निस्किन पाओस्।

बच्चा कति वर्षको भएपछि ब्रस गर्न दिने ?
बच्चाको हेरविचार भनेको दात नउम्रिँदै गिजादेखि नै गर्नु आवश्यक छ। दाँत उम्रिन थालेपछि नघोच्ने नरमखालको ब्रसले अभिभावक आफैंले सफा गरिदिनुपर्छ।

दाँतको समस्यामा वंशाणुगत असर कत्तिको हुन्छ ?
दाँत दुखाइमा वंशाणुगत असर छैन। हरेक व्यक्तिमा फरक–फरक खालका समस्या देखिने गर्छन्। हामीले आफ्नो दाँतको कत्तिको हेरविचार गर्छौं भन्ने कुरामा भर पर्छ। खानपानमा ध्यान दिने, सुगरजन्य पदार्थहरु खाइसकेपछि मुख कुल्ला गर्ने गर्यौं भने दाँतको समस्याबाट बच्न सकिन्छ।

दाँत दुखेमा यसको उपचार विधि के छ ?
दाँत दुखुञ्जेल हामीले प्रतीक्षा गर्नुहुँदैन। पश्चिमा देशहरुमा हरेक ६– ६ महिनामा दाँत परीक्षण गराउने व्यवस्था छ। तर, नेपालमा जब दाँत दुख्छ, अनि मात्र अस्पताल जाने प्रचलन छ। दाँत दुखिसक्नु भनेको दाँतमा धेरै नै समस्या भइसक्नु हो। त्यसैले सकभर दाँत दुख्न दिनुहुँदैन। यदि त्यस्तो समस्या आइहाल्यो भने अस्पताल गएर सिमेण्ट भरेर दुखाइ अलि कम गर्न सकिन्छ। गारो नै भएको छ भने त्यो दाँतबाट अन्य दाँतमा संक्रमण नहोस् भन्नका लागि दाँत निकाल्न पनि सकिन्छ। सबैभन्दा राम्रो, हरेक ६ महिनामा दाँतको चेकअप गर्नु हो।

दाँत निकाल्दा स्वास्थ्यमा अन्य असर पर्दैन ?
दाँत नै भएन भने राम्रोसँग खाना खान पाइँदैन। गाला चाउरिएर भित्र पस्छन्। अरु दाँतमा पनि असर गर्छ, जसका कारण यसले अन्य स्वास्थ्यभन्दा पनि नजानिँदो पाराले असर गरिरहेको हुन्छ। पछि हालेको दाँत प्राकृतिक दाँतजस्तो हुँदैन। त्यसैले दाँतलाई फाल्ने अवस्थासम्म पुर्याउने हुँदैन।

अन्त्यमा, यहाँको सुझाव के छ ?
हरेक ६-६ महिनामा नेपाल सरकारबाट सम्बन्धन प्राप्त दन्त चिकित्सकसँग दाँतको चेकजाँच गर्नुहोला। बिहान-बेलुका अनिवार्य ब्रस गर्ने बानी गरौं। चिनीजन्य पदार्थ, जंकफुड कम खाने गर्नुभयो भने दाँतमा हुने समस्याबाट बच्न सकिन्छ।

दन्तरोग विशेषज्ञ डाक्टर भूमेश काफ्लेसँगको कुराकानी

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : २५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका