सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ | Khabarhub Khabarhub

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

महभिर सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोसी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ ।

रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्र्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को सहकार्यमा निर्माण गरिएको उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ आज विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्वकिर्तिमानी आरोही कामीरिता शेर्पाले शुभारम्भ गरेका छन् ।

रक क्लाइम्बिङ सेन्टरको शुभारम्भ गर्दै विश्वकिर्तिमानी आरोही शेर्पाले नेपालमा थुप्रै डाँडाहरु रक क्लाइम्बिङका लागि उत्कृष्ट भएको बताएका छन् । ‘नेपालका डाँडाहरुलाई विश्वमा बेच्न सके पर्यटन क्षेत्रमार्फत नेपालमा राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भने ।

कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएकाले यसको विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्नुपर्ने बताए ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएको बताएका छन् । उनले सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् ।

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उद्देश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताए। उनले उक्त ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय तालिम सेन्टरका रुपमा विकास गर्न गाउँपालिका लाग्ने बताए ।

टानका महासचिव विनोद सापकोटाले पछिल्लो समय टानले विभिन्न स्थानीय सरकारसँग मिलेर नयाँ पदमार्ग खोज्दै त्यसलाई ‘ब्राण्डिङ’ गर्न लागेको बताए। सो अवसरमा विभिन्न रक क्लाइम्बरहरुले रक क्लाइम्बिङ गरेका थिए ।

माप्य दुधकोसी गाउँपालिकाले तीन दिन पहिलेमात्र उक्त गाउँपालिकामा ‘एभरेष्ट दुधकोसी सांस्कृतिक पदमार्ग’ निर्माण गरि शुभारम्भ गरेको थियो । उक्त पदमार्ग चार रात पाँच दिनको रहेको छ । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ५० बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला