सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की « Khabarhub

सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् ।

राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर अभिभावकको भूमिका निर्वाह गरेको पनि सो अवसरमा बताएका थिए । 

उनले दोभाषेको पेसागत सीप विकासका लागि सरकारले काम गर्ने उल्लेख गर्दै आवश्यक नीति नियम बनाउँदा महासङ्घलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेकामा जोड दिएका छन् । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ३० बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर