दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि « Khabarhub

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सोल- सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको त्यहाँको तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ ।

यो एक वर्षअघिको तुलनामा ९ दशमलव ९ प्रतिशतले बढी हो । यो सन् २०१७ मा सान्दर्भिक तथ्याङ्क सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो । दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको सङ्ख्या यस वर्ष ३ दशमलव ६ प्रतिशतले बढेर १ लाख ३५ हजार पुगेको छ ।

यसैगरी, भियतनामी नागरिकको सङ्ख्या १९ दशमलव १ प्रतिशतले बढेर २ लाख १ हजार पुगेको छ । पाँच वर्षदेखि दक्षिण कोरियामा १५ वर्ष वा सोभन्दा माथिका अङ्गीकृत नागरिकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २०२३ मा २ दशमलव ५ प्रतिशतले घटेर ५१ हजारमा पुगेको छ ।

रोजगारी भएका विदेशी बासिन्दाको सङ्ख्या नौ दशमलव पाँच प्रतिशतले बढेर सन् २०२३ मा ९ लाख २३ हजार पुगेको छ । चालु वर्षमा अङ्गीकृत व्यक्तिको रोजगारीको सङ्ख्या शून्य दशमलव ६ प्रतिशतले बढेर ३४ हजार पुगेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ३ : १४ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका