सुगम केन्द्रित राहत वितरणले दुर्गमका भूकम्प पीडित समस्यामा | Khabarhub Khabarhub

सुगम केन्द्रित राहत वितरणले दुर्गमका भूकम्प पीडित समस्यामा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

सबैभन्दा बढी चिसो तथा दुर्गम पालिका बारेकोट भए पनि राहत वितरण तथा अस्थायी आवास निर्माणमा समेत पक्षपात भएको अध्यक्ष गिरीको आरोप छ । भूकम्पको केन्द्रबिन्दु बारेकोट-१ रामीडाँडामा रहेको थियो ।

मानवीय क्षति नभए पनि भौतिक क्षति बारेकोटमा व्यापक भएको जनाउँदै गिरीले राहत वितरण कार्य सुगममा मात्र केन्द्रित हुँदा आफूहरु पीडित भएको बताए ।

उनका अनुसार अधिकांश पीडित त्रिपालभन्दा बाहिर छन् । राज्यबाटसमेत राहत वितरणमा बारेकोटलाई भेदभाव गरिएको उनको आरोप छ ।

वर्षायाम लाग्नेबित्तिकै बारेकोटमा ठूलो समस्या आउने उनको भनाई छ । पाँच हजार पाँच सय ८६ अस्थायी टहरा निर्माण गर्नुपर्नेमा बारेकोटमा हालसम्म एक सय ५० मात्र निर्माण भएका छन् ।

उनका अनुसार आर्थिकरुपमा कमाउन जाने जनशक्ति अस्थायी आवास निर्माणको कामदेखि अन्य काममा लाग्दा घरको आर्थिक भार कसरी समाधान होला भन्ने ठूलो चिन्ता बढेको छ । विद्यालय सञ्चालन गर्नका लागि टेन्ट ल्याएर राखिएको भए पनि त्यसमा प्रयोग हुने अन्य सामान नहुँदा समस्या भएको अध्यक्ष गिरीले बताए ।

भूकम्प गएको ४५ दिन पूरा हुँदासम्म अस्थायी आवासदेखि विद्यालयमा अस्थायी संरचना निर्माण हुन नसक्नु विडम्बना भएको पीडितहरु बताउँछन् ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले निर्माण गरिएका अस्थायी आवासमा शौचालय नहुँदा समस्या भएको बताए । विद्यालय पूर्णरुपमा सञ्चालन गर्न अन्य व्यवस्थापनको पनि समस्या भएको उनको भनाइ छ ।

मङ्सिरभित्र अस्थायी आवास निर्माण गरिसक्ने भनिए पनि पुस लागिसक्दा २० प्रतिशत पनि काम नहुँदा सर्वसाधारण चिसोले हैरानी खेपिरहेका छन् । चिसो बढे पनि अस्थायी आवासका लागि रकम नआएको भन्दै नलगाड नगरपालिका–४ का हरि रावलले आक्रोस व्यक्त गरे ।

मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले जाजरकोट भूकम्पबाट प्रभावितको अस्थायी आवास निर्माणका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरे पनि अहिलेसम्म सुरक्षा निकाय अस्थायी आवास निर्माणमा परिचालित हुन सकिरहेका छैनन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ३ : १९ बजे

विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन

ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’

काठमाडौं- वि.सं. २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा एक

अपर मुस्ताङमा बाढीले बगाइदियो चलचित्र ‘एक्लो’ को ४० लाखको सेट

काठमाडौं- चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति

एसियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं– एएफसी यू-२० एसियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको

गृहमन्त्रीले भने- अध्यागमन देशको ऐना हो, कर्मचारीको व्यवहार सुधारौँ

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको काम र कर्मचारीको व्यवहारलाई