विप्लवविरुद्धको पक्राउ पुर्जीमा प्रधानमन्त्री सहभागी मोर्चाको आपत्ति « Khabarhub

विप्लवविरुद्धको पक्राउ पुर्जीमा प्रधानमन्त्री सहभागी मोर्चाको आपत्ति


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नै रोटेसनमा अध्यक्ष बन्ने भनिएको समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष दुई नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ ।

काठमाडौं जिल्ला अदालतको पुस १८ मा गोरखापत्रमा सूचना प्रकाशन गरी ३५ दिनभित्र अदालतमा उपस्थित हुन नेकपा महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत अन्य नेतालाई सूचित गरेको थियो ।

विप्लवको पार्टीसमेत सहभागी भएको मोर्चाले त्यसको २० दिनपछि वक्तव्य निकालेर आपत्ति जनाएको छ ।

पूर्व प्रधानमन्त्री एवं मोर्चाका वर्तमान अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर भएको सो वक्तव्यले नेपाल सरकार र विप्लवको पार्टीबिचको तीन बुँदे सम्झौता लागु गर्न आह्वान गरेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७७ साल फागुनमा विप्लवको पार्टी र सरकारबीच तीन बुँदे सहमति भएको थियो ।

त्यस सहमति पत्रमा राजनीतिक विषयको समाधान संवादबाट गर्ने, शान्तिपूर्ण राजनीति गर्ने, नेपाल सरकारबाट पार्टीलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहाइ गर्ने र मुद्दा खारेजी गर्ने उल्लेख गरिएको थियो ।

अदालतले उनीहरुविरुद्ध २०७६ असोज ९ गते दर्ता भएको राज्यविरुद्धको कसुर मुद्दालाई लिएर पक्राउ पूर्जी जारी गरेको हो ।

सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको भन्दै विप्लवको पार्टीले देशव्यापी आन्दोलनको पनि घोषणा गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ३ : ३१ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति