कुख्यात ‘डन’ दाउद इब्राहिमको मृत्यु भएको हो ? « Khabarhub

कुख्यात ‘डन’ दाउद इब्राहिमको मृत्यु भएको हो ?


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

कराँची- संदिग्ध रुपमा विष सेवन गरेपछि अन्डरवर्ल्डका कुख्यात ‘डन’ दाउद इब्राहिम सिकिस्त बिरामी भएका छन् । उनको हाल पाकिस्तानको कराँचीमा उपचार भइरहेको छ । यद्यपि उनले कस्तो अवस्थामा विष सेवन गरेका हुन् भन्नेबारे अझै स्पष्ट भइसकेको छैन ।

अहिले सामाजिक सञ्जालमा दाउद इब्राहिमको मृत्यु भएको भन्ने हल्ला पनि भाइरल भइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । उनलाई उपचार गरिरहेको अस्पतालमा उच्च सुरक्षा सतर्कता अपनाइएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

दाउदमाथि सन् १९९३ मा मुम्बईमा भएका श्रृङ्खलाबद्ध बम हमलाको योजना बनाएको आरोप छ । उक्त हमलामा २५० भन्दा धेरैको मृत्यु भएको थियो भने अरु हजारौँ घाइते भएका थिए ।

खोजी सूचीमा रहेका दाउद पाकिस्तानमा रहँदै आएको भारतीय पक्षले दाबी गर्दै आएको थियो । यद्यपि पाकिस्तानले भने यस्तो दाबी अस्वीकार गर्दै आएको थियो ।

दाउद इब्राहिमले छाटो शकिल, जावेद चिक्ना टाइगर मेमोनलगायतका व्यक्तिहरुसँग मिलेर ‘डी कम्पनी’ भनिने गिरोह सञ्चालन गर्दै आएका थिए । यस गिरोह विभिन्न आतङ्ककारी एवम् आपराधिक गतविधिमा सक्रिय रहँदै आएको जनाइएको छ ।

भारत सरकारले उनीविरुद्ध २५ लाख रुपैयाँको इनाम राखेको छ । त्यसबाहेक अमेरिकाले पनि दाउदलाई ‘विश्वव्यापी आतङ्कवादी’ को सूचीमा राखेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ४ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै