पार्टीभित्र खुट्टा तानातान छ, कारबाही गरौं भन्दा विरोध हुन्छ : सभापति देउवा « Khabarhub

पार्टीभित्र खुट्टा तानातान छ, कारबाही गरौं भन्दा विरोध हुन्छ : सभापति देउवा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा पार्टीबाटै विरोध हुने बताएका छन् ।

कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र खुट्टा तानातान हुने गरेको बताए ।

पार्टीमा पहिलेदेखि यस्ता गतिविधि हुने गरेको भन्दै उनले पार्टीलाई सुधार गरेर लैजानुपर्ने बताए । संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीबाट कुनै पार्टीको पनि बहुमत नआउने भन्दै उनले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता भएको बताए ।

सभापति देउवाले भने, ‘हाम्रो पार्टी गएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, हामीले बहुमत पुर्‍याउन सकेनौं । त्यसैले हामीले कसै न कसैसँग मिल्नुपर्छ ।’

देउवाले आगामी निर्वाचनमा एकल बहुमत नभए फेरि ठूलो पार्टी बनाउने प्रयासका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ४३ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार