दक्षता अभिवृद्धिका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन | Khabarhub Khabarhub

दक्षता अभिवृद्धिका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्त्वावधानमा सञ्चालित उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरे ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सडकमा सवारी साधनको व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताए । अन्य सरोकारवाला निकायहरूसँगको समन्वय लगायतका विषयमा ज्ञान दिइने यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा उनले जोड दिए ।

 कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना  र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरू सहभागी रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ५३ बजे

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना